फिल्म ‘महाराजधिराज’मा अभिनेत्री वर्षा राउत अनुबन्ध भएकी छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर उनी भित्रिएकी हुन् । फिल्ममा यसअघि नै वर्षा सिवाकोटी अनुबन्ध भइसकेकी छन् ।
फिल्मका लागि अहिलेसम्म आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह समेत फाइनल भैसकेका छन् । फिल्मका लागि अझै केही कलाकार अनुबन्धित गर्न बाँकी रहेको निर्माण युनिटले जनाएको छ ।
परिच्छेद सेनको निर्देशन रहने फिल्मको लेखन पनि उनी आफैले गरेका हुन् । सेनले यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण बनाएका थिए । जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।
फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहनेछन् ।