काठमाडौँ पकनाजोलबाट प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ,

 संवाददाता    २०८२, ६ जेष्ठ सोमबार १२:२५     375 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिका–१६ स्थित पकनाजोलबाट प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ घर भएका ४५ वर्षीय रुद्रबहादुर थापा र ३६ वर्षीय राकेश परियार छन् ।

आरोपीहरुको साथबाट आइतबार १ हजार ६० ग्राम अफिम बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । आरोपीविरुद्ध प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।