‘राम नाम सत्य’मा अनुबन्धित अभिनेत्री दिव्या रायमाझी,बिराज र सुशीलसँग रोमान्स गर्दै ,

 संवाददाता    २०८२, ६ जेष्ठ सोमबार ११:५२     169 जनाले पढ़िसके



Spread the love

गत बर्ष रिलिज फिल्म ‘एक्टरः टेक वान’बाट फिल्ममा डेब्यु गरेकी हुन्, अभिनेत्री दिव्या रायमाझी ।

त्यसपछि ‘पीताम्बर’मा देखिएकी उनी ‘राम नाम सत्य’मा अनुबन्धित भएकी छन् । जुन फिल्ममा उनले बिराज भट्ट र सुशील श्रेष्ठसँग स्क्रिन सेयर गर्नेछिन् ।

माइकल चन्दको निर्देशन रहने फिल्म अभिनयका लागि उनले आइतबार कागजी सम्झौता गरेकी हुन् । फिल्म साइन गरेपछि दिव्याले भनिन्, ‘यो फिल्मको कथा बेजोड छ । मेरो भूमिका पनि निकै मनपर्‍यो । जसका कारण, फिल्ममा काम गर्न तयार भएकी हुँ ।’

फिल्ममा यसअघि नै भट्ट र श्रेष्ठ फाइनल भइसकेका हुन् । भट्ट र श्रेष्ठसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाइ छ ।

उक्त फिल्ममा केही कलाकारहरू फाइनल गरेर वर्कसप सुरु गर्ने निर्माण पक्षको भनाइ छ । फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ भने फिल्मको छायांकन साउनबाट सुरु हुने बताइएको छ ।