एक सिङ्गे गैँडाको खागआखेटोपहारसहित दुई जना पुरुष चितवन राष्ट्रिय निकुञ्जको टोलीको नियन्त्रणमा,

 संवाददाता    २०८२, ६ जेष्ठ सोमबार १०:५०     111 जनाले पढ़िसके



Spread the love

संरक्षित वन्यजन्तु एक सिङ्गे गैँडाको खाग जस्तो देखिने आखेटोपहारसहित दुई जना पुरुषलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाली सेनाको नयाँ गोरख गणबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त पक्राउ गरेको हो। कार्यालयले प्राप्त गरेको सूचनाका अनुसार गैँडाको खाग ओसारपसार भइरहेको आशंकामा निगरानी बढाइएको थियो।

टोलीले जेठ ४ गते आइतबार दिउँसो करिब ३ बजे भरतपुर महानगरपालिका–९, बिसहजारी रोड क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूबाट गैँडाको खाग जस्तो देखिने सामग्री बरामद गरिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार उनीहरूविरुद्ध हाल कानुनी प्रक्रिया अनुसार अनुसन्धान प्रारम्भ भइसकेको छ।