महिला विश्वकप एसिया छनोटमा नेपालद्वारा बहराइन ६ विकेटले पराजित

 संवाददाता    २०८२, २ जेष्ठ बिहीबार १६:१७     105 जनाले पढ़िसके



Spread the love

काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो चौथो खेलमा नेपालले बहराइनमाथी ६ विकेटको जित निकालेको छ । तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै पूरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ७ बलमा अविजित २४ रन बनाइन् । पुजा महतोले ११ बलमा १४ रनको योगदान दिइन् । यसअघि पहिला ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाउदा वर्षा भएको थियो ।

लामो समय वर्षाका कारण खेल रोकिएपछि डिएलएसका आधारमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य पाएको थियो ।