नेपाल र बहराइनबीचको खेल वर्षाले प्रभावित

 संवाददाता    २०८२, २ जेष्ठ बिहीबार १३:५५     90 जनाले पढ़िसके



Spread the love

आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र बहराइनबीचको खेल वर्षाले प्रभवित भएको छ।

बैककको ट्रेडथाइ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा ३ विकेटको क्षतिमा ७६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।

क्रिजमा जेनिब फजिल ४ र अविरा वारिस १ रनमा नटआउट छन्। रसिका रोड्रिगो २४ रन बनाउँदा रन आउट भईन्। कप्तान दिपीका रसनगिका २३ रन बनाउँदा रन आउट नै भईन्। ओपनर थाराङगा गजनायके १२ रन बनाउँदा रन आउट नै हुन पुगिन्।

सुपर थ्रीमा स्थान बनाउन नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ। आजको खेलमा हार भोगे नेपाल समुह चरणबाटै बाहिरिनेछ।

नेपालले आज बहराइनलाई हराएर मात्र पुग्दैन अर्को खेलमा हङकङ बहराइनसँग पराजित हुनुपर्नेछ। सो खेलमा हङकङले जित निकालेको अवस्थामा नेपालले आज जित निकालेपनि समूह चरणबाट नै बाहिरिनेछ।