आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

 संवाददाता    २०८२, १ जेष्ठ बुधबार ११:२८     62 जनाले पढ़िसके



Spread the love

काठमाडौं । स्कटल्यान्डमा हुने आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज र टी-२०आई सिरिजका लागि नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले एक कार्यक्रम गर्दै सिरिज खेल्न जाने टोलीको बिदाइ गरेको हो । नेपाली टोली आज साँझ स्कटल्यान्डतर्फ प्रस्थान गर्दैछ ।

नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ ।

लिग-२ का नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी ।

टी-२०आई सिरिजका लागि थप

किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम ।