नेपाल वायुसेवा निगमकाे दुई वटै ट्वीनअटर विमान नियमित उडानमा

 संवाददाता    २०८२, १ जेष्ठ बुधबार १०:३८     66 जनाले पढ़िसके



Spread the love

नेपाल वायुसेवा निगमको आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् ।

निगमका प्रवक्ता सुवास डाँगीका अनुसार नाइन एन एबीटी र नाइन एन–एबीयू विमान पूर्णरूपले सञ्चालनमा आएका हुन् ।

निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड हुँदा दुर्गम क्षेत्रका यात्रु मर्कामा परेका थिए ।

नियामकीय जाँच सम्पन्न भएपश्चात् वैशाख २९ गतेदेखि पूर्णरुपमा नियमित उडान तालिकाअनुसार सञ्चालनमा आएको निगमले डाँगीले बताउनुभयो ।

निगमका प्रवक्ता डाँगीले हरेक दिन एक विमानले कम्तीमा चार उडान गर्नेगरी नयाँ उडान तालिका बनाएर आन्तरिक उडानलाई प्रभावकारी बनाइने विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।