१९ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

 संवाददाता    २०८२, १ जेष्ठ बुधबार ०८:१४     81 जनाले पढ़िसके



Spread the love

१९ वर्षमुनिको साफ च्याम्पियनशिप प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको दुई टोलीबीचको हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको हो । जीतसँगै भारत समूह विजेता बनेको छ । नेपाल उप विजेतामै सीमित रह्यो ।

आयोजक भारतले यसअघि श्रीलङ्कालाई ८–० ले हराएको थियो । नेपालले पनि श्रीलङ्कालाई ५–० ले हराएको थियो ।

अब सेमिफाइनलमा पर्सि शुक्रवार भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र २०१७ को यू १८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो ।