काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा आर्र्या होटल एण्ड स्पा सञ्चालनमा आएको छ । चार तारे उक्त होटलले नेपालको पहिलो स्काई रेष्टुरेन्ट सञ्चालनमा ल्याएर पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ ।
सोमबार उपप्रधानमन्त्री प्रकाशमान सिंहले होटलको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई प्राथमिकता दिने सरकारी नीतिले यस्ता परियोजनालाई प्रोत्साहन दिने बताए । ‘नेपालमा लगानीको प्रशस्त सम्भावना छ, समस्याको समाधान खोजेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।
व्यवसायी कृष्ण सिंखडाको एकल स्वामित्व रहेको होटलको कुल लगानी २ अर्ब ५० करोड रहेको छ ।