साफ यू–१९ पुरुष च्याम्पियनसिपअन्तर्गत आज मंगलबार नेपाल र भारत भिड्दैछन्। भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली आउटडोर स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ।
यसअघि नै सेमिफाइनलमा पुगिसकेका नेपाल र भारत समूह विजेता बन्न मैदान उत्रन लागेका हुन्। नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ५-० को फराकिलो अन्तरले हराएको थियो। भारतले पनि श्रीलंकामाथि ८-० को फराकिलो जित हात पारेको थियो।
लगातार दोस्रो हार व्यहोरेसँगै श्रीलंका भने समूह चरणबाट नै बाहिरिसकेको छ। च्याम्पियनसिपमा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा मालदिभ्स, भुटान र बंगलादेश छन्। समूह बी मा आयोजक भारतसँगै नेपाल र श्रीलंका छन्।