मापसे गरेर मध्यराति भक्तपुरमा सहचालकले बस कुदाएपछि…

 संवाददाता    २०८२, ३० बैशाख मंगलवार १२:५६     107 जनाले पढ़िसके



Spread the love

भक्तपुरमा मादक पदार्थ सेवन (मापसे) गरेर सहचालकले बस चलाउँदा दुर्घटना भएको छ ।

मंगलबार राति २ः२० बजे मध्यपुरथिमि नगरपालिका-९ निकोसेरास्थित दुवाकोट मोडबाट निकोसेरातर्फ जाँदै गरेको बस दुर्घटना भएको थियो । बा. प्र. ०१–००६ ख ५९९८ नम्बरको भाडाको बस सानुमाया धौबन्जराको चार तले पक्की घरको कम्पाउण्डमा गएर ठोक्किएको थियो । बस ठोक्किएपछि घरको सटर र मन्दिरमा क्षति पुगेको थियो ।

 

लगत्तै प्रहरीले बस चलाउने व्यक्ति सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ घर भएका २० वर्षीय अनिल खत्रीलाई पक्राउ गरेको थियो । उनी चालक नभइ सहचालक रहेको खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले बताए ।

उनका अनुसार राति मापसे गरेर सहचालक खत्रीले बस लिएर हिंडेका थिए । बस र चालकलाई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।