जाजरकोट कारागारमा बन्दीको मृत्युबारे छानबिन गर्न माग

 संवाददाता    २०८२, ३० बैशाख मंगलवार १२:५१     83 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका सांसद चन्द्र बहादुर विश्वकर्माले जाजरकोटको जिल्ला कारागारमा रहेका बन्दी दिपक बुढाको मृत्यु भएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले बुढाको मृत्युबारे छानबिन माग गरेका छन् ।

 

‘सुरक्षित गर्नको लागि पनि बन्दीलाई राखिन्छ । त्यहीँभित्र मृत्यु हुन्छ त्यसको छानबिन गरियोस् । यो सदनमा जानकारी गराइयोस्,’ उनले भने ।