आईपीएलका बाँकी खेल आगामी शनिबारदेखि

 संवाददाता    २०८२, ३० बैशाख मंगलवार १२:३६     85 जनाले पढ़िसके



Spread the love

काठमाडौं । भारत–पाकिस्तान तनावका कारण स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) का बाकी खेल आगामी शनिबारदेखि हुने भएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले मे १७ देखि सन्चालन हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।

मे १७ मा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीचको खेल हुनेछ । फाइनल खेल जुन ३ मा हुने तालिका छ ।

यसअघि गत बिहिवार सुरक्षा कारण पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द गरिएको थियो।