नियमित विद्युत् दिन रुलिङको माग

 संवाददाता    २०८२, ३० बैशाख मंगलवार १२:३९     62 जनाले पढ़िसके



Spread the love

प्रतिनिधि सभा सदस्य नारायणी शर्माले अनियमित रुपमा विद्युत कटौती हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले बिना सूचना विद्युतको लाइन काटिँदा नागरिक मारमा परेको बताइन् । यो विषयमा नेपाल विद्युत् प्राधिकरणलाई सरकारले रुलिङ गर्नुपर्ने उनको माग छ ।

 

‘लाइन नियमित दिइयोस् भनेर नेपाल विद्युत् प्राधिकरणलाई सरकारले रुलिङ गरोस्,’ उनले भनिन् ।