जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन ‘अल्टिमेटम’

 संवाददाता    २०८२, २९ बैशाख सोमबार १३:५२     79 जनाले पढ़िसके



Spread the love

काठमाडौंको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ (सडक सीमा) भित्रका संरचना सम्बन्धित व्यक्तिले नै हटाउनुपर्ने भएको छ ।

सडक विभाग र काठमाडौं महानगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै यी संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएका छन् ।

सूचना अनुसार भौतिक, योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५/१५ मिटर सडकको सीमा कायम भएको छ ।

यस सीमामा नेपाल सरकार र महानगरले यसै महिना सीमाङ्‍कन गरेर चिह्नसमेत लगाइएको छ । साथै, किलासमेत गाडिएको सूचनामा उल्लेख छ ।

उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पासविना बनाइएका अनधिकृत संरचना व्यक्ति आफैंले हटाउनुपर्ने र त्यसका लागि ३५ दिनको समय दिइएको समेत सूचनामा छ । तोकिएको अवधिमा नहटाए कानुन अनुसार कारबाही हुनेसमेत जनाइएको छ ।

हेर्नुहोस् सूचना :