गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गयो

 संवाददाता    २०८२, २९ बैशाख सोमबार १३:१८     69 जनाले पढ़िसके



Spread the love

गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा गुल्मीको मुसिकोट नगरपालिका –६ भुवाचिदीका १७ वर्षीय ग्रीष्म शर्मा रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

शर्मा तीन जना साथीहरूसँगै हिजो दिउँसो पौडी खेल्न छल्दी खोलामा जानुभएको थियो ।