ईसाई धर्मगुरु पोप लियाेको पहिलो सम्बोधन, युद्ध नगर्न विश्व समुदायलाई अपिल

 संवाददाता    २०८२, २९ बैशाख सोमबार १२:५३     72 जनाले पढ़िसके



Spread the love

क्याथोलिक ईसाई धर्मगुरु पोप लियोले भ्याटिकन सिटीबाट पहिलो पटक मानिसहरूलाई सम्बोधन गर्नुभएको छ । आफ्नो पहिलो सम्बोधनमा उहाँले विश्वका शक्तिशाली देशहरूलाई अब युद्ध नगर्न अपील गर्नुभएको बीबीसीले जनाएको छ ।

सम्बोधनका क्रममा पाेप लियाेले युक्रेनमा शान्ति र गाजामा युद्धविरामको बारेमा चर्चा गर्नुभयो । उहाँले गाजामा भइरहेका घटनाहरूबाट आफूलाई गहिरो दुःख लागेको बताउनुभयो । यसका साथै उहाँले भारत र पाकिस्तानबीच भएको युद्धविरामको पनि स्वागत गर्नुभएको छ ।

पोप लियोले भारत र पाकिस्तानबीच दिगो मेलमिलापको आशा व्यक्त गर्दै युक्रेनका लागि पनि दिगो शान्तिको कामना गर्नुभयो ।

पोप फ्रान्सिसको मृत्युपछि पोप लियो क्याथोलिक चर्चको नयाँ पोप निर्वाचित हुनुभएको हो ।