भारत र पाकिस्तानबीचको युद्धका कारण पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले तीनवटा प्रतियोगिता स्थगित गरेको छ।
पीसीबीले तत्कालको स्थितिलाई मध्यनजर गर्दै राष्ट्रपति ट्रफी ग्रेड–११ प्रतियोगिता, क्षेत्रीय अन्तर जिल्ला च्यालेन्ज कप र अन्तर जिल्ला यू–१९ एक दिवसीय प्रतियोगिता स्थगित गरेको हो।
पीसीबीले अहिलेको देशको सुरक्षाको कारण देखाउँदै प्रतियोगिता स्थगित गरेको र नयाँ मिति छिटै नै सार्वजनिक गरिने जनाएको छ।
पीसीबीले पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफसँग छलफल गरेर आगामी निर्णय लिने जानकारी दिएको छ।
यसअघि पीसीबीले सीएसएल २०२५ पनि स्थगित गरेको थियो। पीसीबीले पीएसएलका बाँकी खेल यूएईमा गर्ने बताए पनि विदेशी खेलाडी उनीहरुको देशमा फर्किएका कारण टोली अहिले ब्यालेन्समा छैन।
तीन दिनको राष्ट्रपति ट्रफी मध्य अप्रिलमा सुरु गर्ने तयारी छ।