शिव सेना नेपालका अध्यक्ष बस्नेतविरुद्ध २ दिन म्याद थप

 संवाददाता    २०८२, २९ बैशाख सोमबार १०:०९     87 जनाले पढ़िसके



Spread the love

तीनकुने घटनामा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध २ दिनको म्याद थप भएको छ ।

आइतबार सुकेधाराबाट पक्राउ परेका उनीविरुद्ध २ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराले बताए । मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४७ वर्षीय अनिल बाबा भनिने बस्नेतविरुद्ध म्याद मिलान गर्दै अदालतले २ दिनको म्याद दिएको हो ।

 

उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ । अनुसन्धान गर्दै अन्य कसुर खुलेको अवस्थामा उक्त कसुर पनि आकर्षित हुने बताइएको छ ।

१५ चैतमा भएको तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।