चितवनमा रेबिज लागेर एक जनाको ज्यान गयो

 संवाददाता    २०८२, २५ बैशाख बिहीबार १३:५२     106 जनाले पढ़िसके



Spread the love

चितवनमा रेबिज लागेर आज एक जनाको ज्यान गएको छ। रेबिजबाट इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको ज्यान गएको हो ।

भरतपुर अस्पतालमा उपचारका क्रममा प्रजाको ज्यान गएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा ढिलाइ हुँदा उहाँको ज्यान गएको हो । प्रजालाई उपचारका लागि हिजो अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।