आज विश्व स्मृति एवम् मेलमिलाप दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्व युद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवम् मेलमिलाप दिवसका रूपमा सन् २००४ देखि यो दिवस मनाउन शुरू भएको हो ।
राष्ट्रसङ्घीय महासभाले ‘मे’ ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरुलाई आह्वान गरेअनुरूप विभिन्न राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज एवम् दोस्रो विश्व युद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन् ।
राष्ट्रसङ्घीय मुख्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ ।