विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जामन्त्रीसँग जवाफ माग

 संवाददाता    २०८२, २४ बैशाख बुधबार १२:३९     87 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले नेपाल विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग जवाफ मागेकी छन् ।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सचेतक डाँगीले केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफामा भएको विद्युत् प्राधिकरण एक महिनाभित्र ५ अर्ब २६ करोड घाटामा कसरी पुग्यो भन्दै प्रश्न गरिन् ।

डाँगीले कसरी घटामा पुग्यो भन्नेबारे मन्त्री खड्काले सदनमा आएर स्पष्टीकरण दिन माग गरिन् ।