विदेशी फिल्मलाई १०० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

 संवाददाता    २०८२, २२ बैशाख सोमबार १०:३४     132 जनाले पढ़िसके



Spread the love

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी चलचित्रमा पनि कर लगाउने घोषणा गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘अमेरिकाको फिल्म उद्योग धेरै छिटो अन्त्य हुँदै छ। अन्य देशले हाम्रा फिल्म निर्माता र स्टुडिओलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन्।”’

ट्रम्पले यसलाई अन्य देशहरूहरू संगठित प्रयासका रूपमा व्याख्या गर्दै यो ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भएको उल्लेख गरेका छन्।

ट्रम्पले विदेशी चलचित्रमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरु गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई भनिएको बताएका छन्।

उनले अगाडि लेखेका छन्, ‘हामी फेरि अमेरिकामा चलचित्रहरू बन्न चाहन्छौँ।’

जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पले विश्वभरका देशमा भन्सार कर लगाएका छन्।

यसले अमेरिकी उत्पादकलाई प्रोत्साहन दिने र रोजगारी जोगाउने दाबी गरिरहेका छन्।

तर उनको निर्णयले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ।