प्रिसा साहको मृत्युबारे निष्पक्ष छानबिन गर्न सरकारलाई संसद्को निर्देशन

 संवाददाता    २०८२, २१ बैशाख आईतवार १४:३५     82 जनाले पढ़िसके



Spread the love

भारतको ओडिसा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएको विषयमा राष्ट्रिय सभाले सरकारको ध्यानाकर्षण गरेको छ ।

यो विषयलाई सांसदहरूले आकस्मिक र शून्य समयमा उठाएका थिए । त्यसपछि सभाध्यक्ष नारायण दाहालल पनि सभाकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका हुन् ।

 

छात्रावासको कोठामा झुण्डिएको अवस्थामा प्रिसा साहको शव भएको घटनाप्रति सभाको गम्भीर ध्यानाकर्षण भएको सभाध्यक्ष दाहालले बताए ।

‘एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटा घटिरहनु अत्यन्तै दुखःद पक्ष हो’, सभाध्यक्ष दाहालले भने । यस्तो घटना दोहोरिन नदिन नेपाल र भारत दुवै सरकारले पहल लिनुपर्ने उनको आग्रह छ । यो घटनामा निश्पक्ष छानबिनका लागि उनले आग्रह गरे ।

 

‘ … घटनाको कारण गहिराइमा पुगेर खोज्न र आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनाउन र यस घटनाको विषयमा निष्पक्ष रुपमा सत्य तथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु’, अध्यक्ष दाहालले भने ।

सुरक्षित र निर्भिकताका साथ पढ्ने वातावरण बनाउन समेत संसद्ले सरकारको ध्यानाकर्षण गरेको छ ।