‘ट्यालेन्ट अफ नेपाल’ आउने, जर्जमा रेखा, थानेश्वर र निशा

 संवाददाता    २०८२, २१ बैशाख आईतवार १२:३२     138 जनाले पढ़िसके



Spread the love

रियालिटी शो ‘ट्यालेन्ट अफ नेपाल’ निर्माण हुने भएको छ । बागमती टेलिभिजन एचडी र एच.एस साइना क्रियशनको संयुक्त निर्माणमा आयोजना हुन लागेको यस शोको लागि निर्णायक (जर्ज) फाइनल गरिएको छ ।

आयोजकका अनुसार निर्णायकमा अभिनेत्री तथा निर्देशक रेखा थापा, अभिनेत्री निशा अधिकारी र गायक तथा संगीतकार थानेश्वर गौतम छानिएका छन् ।

कार्यक्रमका निर्देशक समन अधिकारी हुन् । नेपालमै पहिलो पटक मौलिक तरिकाबाट शो आयोजना हुन लागेको अधिकारीले बताए । उनका अनुसार शोमा नृत्य, अभिनय, गायन लगायतका जुनै विधामा पनि प्रतिभा देखाउन सकिनेछ । उमेर हद समेत प्रतियोगितामा नरहेको निर्देशक अधिकारीले जानकारी दिए ।