दैलेखमा चितुवा मृत फेला

 संवाददाता    २०८२, १९ बैशाख शुक्रबार १८:३९     116 जनाले पढ़िसके



Spread the love

दैलेखमा वयस्क चितुवा मृत फेला परेको छ । दुल्लू नगरपालिका–३ देउटाकुरा बस्तीमा हिजो बिहान चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय दैलेखका कार्यालय प्रमुख राधाकृष्ण दासले जानकारी दिनुभयो ।

मरेको कुखुरा समेत त्यहाँ फेला परेकोले कसैले विष हालिदिँदा चितुवा मरेकाे हुनसक्ने अधिकारीहरूको अनुमान छ । मृत चितुवाको शव परीक्षणपछि डिभिजन वन कार्यालय दैलेखको हातामा गाडिएको छ ।

घटनाको अनुसन्धान भइरहेको कार्यालय प्रमुख दासले बताउनुभयो ।