सरकारले संविधानको समीक्षा गर्ने, सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाउने

 संवाददाता    २०८२, १९ बैशाख शुक्रबार १५:५९     86 जनाले पढ़िसके



Spread the love

सरकारले संविधानको समीक्षा गर्ने भएको छ । आज सरकारको तर्फबाट आउँदाे आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानकाे समीक्षा गर्ने बताउनुभएको हो ।

राष्ट्रपतिका अनुसार सरकारले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने, यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी, पुनरुत्थानवादी, अराजक गतिविधिको प्रतिवाद गर्नेछ ।

संविधानको समीक्षा गर्नुका साथै सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमी–कमजोरी सच्याउँदै सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने राष्ट्रपति पाैडेलकाे भनाइ छ ।