केआईआईटीमा नेपाली विद्यार्थी मृत फेला परेपछि छानबिनका लागि कूटनीतिक पहल

 संवाददाता    २०८२, १९ बैशाख शुक्रबार १३:४४     105 जनाले पढ़िसके



Spread the love

भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अर्की नेपाली विद्यार्थी मृत फेला परेपछि परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल थालेको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीमा रहेको नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिनुभएको हो ।

परराष्ट्रमन्त्री राणाले यो घटनाले निकै मर्माहित बनाएको भन्दै प्रिसाको आत्माको चिर शान्तिको कामना र परिवाजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

यसैबीच ओडिसाको मौलिक तथा जनसम्पर्क विभागले विज्ञप्ति निकालेर घटनाबारे छानबिन शुरू भएको जानकारी दिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार हिजो विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा साह मृत फेला पर्नुभएको हो ।

एबीभीपीले विज्ञप्ति निकारले केआईआईटीमा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ ।

यसअघि गएको फागुनमा यही विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला पर्नुभएको थियो ।