पहलगाम आक्रमणमा ज्यान गुमाएका लेफ्टिनेन्टकी पत्नी भन्छिन्, ‘मुस्लिमहरू विरुद्ध नजानुहोस्’

 संवाददाता    २०८२, १९ बैशाख शुक्रबार ०८:३५     95 जनाले पढ़िसके



Spread the love

गत २२ अप्रिलमा पहलगामको बैसरन उपत्यकामा २६ जनाको मृत्यु भएको थियो। यसमा भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नरवालको पनि मृत्यु भयो।

करनालमा रक्तदान गर्न आएकी लेफ्टिनेन्ट विनय नरवालकी श्रीमती हिमांशी नरवालले एएनआईसँग कुरा गर्दै भनिन्,‘हामी मानिसहरू मुस्लिम वा कश्मीरीहरूको विरुद्धमा जाओस् भन्ने चाहँदैनौँ। हामी शान्ति चाहन्छौँ र केवल शान्ति चाहन्छौँ। अवश्य पनि, हामी न्याय चाहन्छौँ, जसले गल्ती गरेका छन् उनीहरूलाई सजाय दिइनुपर्छ।’

पत्रकारहरूको प्रश्नको जवाफमा उनले आफूले पनि देशको सेवा गर्ने बाटो रोज्ने बताइन्। भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको विवाह अप्रिल १६ मा भएको थियो र उनको रिसेप्सन आक्रमणको चार दिन अघि अप्रिल १९ मा भएको थियो।

उनी आफ्नी श्रीमती हिमांशी नरवालसँग बिदा मनाउन कश्मीर गएका थिए। हरियाणाको करनाल जिल्लाका नरवाल दुई वर्षअघि मात्र नौसेनामा भर्ना भएका थिए। बीटेक पूरा गरेपछि उनी भारतीय नौसेनामा भर्ना भएका थिए ।