नेपालको अर्थतन्त्र सकारात्मक लयतर्फ : उपप्रधानमन्त्री सिंह

 संवाददाता    २०८२, १८ बैशाख बिहीबार १४:५७     104 जनाले पढ़िसके



Spread the love

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घले आयोजना गरेको वृहत् खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

राष्ट्र बैङ्कलगायत विभिन्न स्रोतका तथ्याङ्कहरूले अर्थतन्त्र बिस्तारै सुधारको क्रममा रहेको स्पष्ट पार्ने बताए । उनले कार्यक्रममा नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घले स्थानीय व्यापारीहरूको हितका लागि सक्रिय भूमिका खेलिरहेको उल्लेख गर्दै मन्त्री सिंहले यस्ता अभियानले सामाजिक उत्तरदायित्व निर्वाह गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । स्वास्थ्य सेवाको पहुँच अभाव भइरहँदा निःशुल्क स्वास्थ्य शिविरको महत्त्व झनै बढेको मन्त्री सिंहको भनाइ छ ।

उनले भने, ‘नेपालको अर्थतन्त्रका सूचकहरू बिस्तारै सकारात्मक हुँदै गएका छन् । समाचारका आधारमा मात्र नभई राष्ट्र बैङ्कदेखि सबैको तथ्याङ्क हेर्यौं भने अर्थतन्त्र लय समाउने दिशातर्फ हिँडिरहेको छ । व्यापारीको हितको लागि काम गरिरहेको नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घ लागेको छ । बिरामीको आकस्मिक उपचारको लागि काठमाडौँ फ्रि हेल्थ क्याम्पले सहयोग गर्नेछ ।’

आम नागरिकले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न स्वास्थ्य शिविरहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले यस्ता शिविरहरू देशभर आयोजना गर्नुपर्ने बताए । –