‘पेस्तोल डान्स’ भाइरल भएपछि प्रहरीले डा.बबी सिंहलाई बोलायो

 संवाददाता    २०८२, १८ बैशाख बिहीबार ११:४८     228 जनाले पढ़िसके



Spread the love

सामाजिक सञ्जालमा डा.बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएसँगै प्रहरीले त्यसबारे छानविन सुरु गरेको छ । जसपा नेपालकी केन्द्रिय सदस्य डा. सिंहले डान्स गर्दै पेस्तोल पड्काएको भिडियो भाइरल छ ।

त्यसबारे छानबिन गर्न डा. सिंहलाई बोलाएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।

डा. सिंह पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादेवकी छोरी हुन् । उनले सप्तरीको बोदेबसाईनको एक विवाह समारोहमा पेस्तोल बोकेर नाचेको जानकारहरु बताउँछन् ।

पेस्तोल ‘खेलौना’ वा सक्कली हो भन्नेबारे छानबिन गरिने एसपी खतिवडाले बताए । उनले भने, ‘त्यसबारे छानबिन गर्छौं ।’