जापानी राजदूतले बालेनसँग गरे कार्यकक्षमै पुगेर शिष्टाचार भेट

 संवाददाता    २०८२, १८ बैशाख बिहीबार ११:२५     131 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन्।

काठमाडौँ महानगरपालिकाका अनुसार उक्त भेटवार्ता बुधबार प्रमुख शाहकै कार्यकक्षमा भएको हो ।

भेटमा सहरी विकास निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणका आपसी अभ्यास र सिकाइका विषयमा कुराकानी भएको थियो।

यस क्रममा प्रमुख शाहले, काठमाडौँको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गर्दै सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी गराए।

राजदूत तोरुले काठमाडौँ र जापानका सहरहरूबीच सहरी आचरणसम्बन्धी आपसी ज्ञान र सिप आदानप्रदानको प्रशस्त सम्भावना रहेको बताए।