नाउपाले आजै सरकार छोड्ने, राज्यमन्त्री चौधरीले राजीनामा दिँदै

 संवाददाता    २०८२, १७ बैशाख बुधबार १५:३३     171 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आजै सरकार छोड्ने भएको छ ।

संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनले केहीबेरमा राजीनामा दिने र सरकारबाट बाहिरिने बताए ।