डोटीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ६ जना घाइते

 संवाददाता    २०८२, १७ बैशाख बुधबार ०८:५१     67 जनाले पढ़िसके



Spread the love

डोटीको जोरायल गाउँपालिका–२ मेलखोलाअन्तर्गत पर्ने भीमदत्त राजमार्गमा गएराति जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् ।

धनगढीबाट बैतडीको पुर्चौडीका लागि छुटेको सुदूर पश्चिम प्रदेश ०२००१ ज ०५६७ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर नेगी र चालक २४ वर्षीय अशोक बम रहेका र उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।