बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो

 संवाददाता    २०८२, १७ बैशाख बुधबार ०८:०६     126 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिका–१६ स्थित बालाजुमा एकजना महिलाले आफैँलाई आगो लगाएकी छन् ।

सुकुम्वासी जागृत टोलमा बस्ने ४५ वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

श्रीमानसँग विवाद भएपछि उनले आगो लगाएको थाहा भएको छ । गएराति पौने १० बजेतिर शरीरमा आगो लगाएपछि परिवारको सदस्यहरूले उनलाई नयाँ बजार स्थित पिपल्स अस्पताल लगेका थिए ।

चिकित्सकका अनुसार उनको पेट, छाती र बायाँ हातमा करिब २५ प्रतिशत जलन भएको छ । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।