काठमाडौं । सेती प्रादेशिक अस्पतालमा उपचाररत ६३ वर्षीय मिर्गौला पीडित चक्रबहादुर सिंहले मंगलबार अस्पताल भवनको तेस्रो तलाबाट हामफाल्दा मृत्यु भएको छ ।
कैलालीको गोदावरी नगरपालिका–१ निवासी सिंह सोमबार डायलासिसका लागि अस्पताल आएका थिए र त्यसपछि मेडिकल वार्डमा भर्ना गरिएको थियो ।
मंगलबार दिउँसो २ बजे तेस्रो तलाबाट हामफालेपछि उनलाई तत्काल आकस्मिक कक्षमा पुरयाइएको थियो, तर चिकित्सकले घटनास्थलमै मृत घोषणा गरेका थिए ।
अस्पतालका अनुसार सिंहकी श्रीमती कुरुवामा थिइन् र उनी एकैछिन बाहिर जाने भनेर निस्किएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।