राप्रपाका उपाध्यक्ष मिश्रमाथि दुर्व्यवहार गरिएको भन्दै रा.स्व.पा.द्वारा सरकारको ध्यानाकर्षण

 संवाददाता    २०८२, १६ बैशाख मंगलवार १५:०६     90 जनाले पढ़िसके



Spread the love

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा)का सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभएपनि राज्यले उनीहमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको उल्लेख गरे । उनले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गरे ।

सांसद झाले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो एक झापो लगाए हिरासतमा पुर्‍याएँ भन्दै प्रधानमन्त्रीले स्वीकार गरिसकेको आरोप लगाए ।

आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पति विवरण किन नबुझाएको ? भन्दै झाले प्रश्न समेत गरे ।