कोशीको एक–दुई ठाउँमा वर्षा : आजदेखि मौसममा सामान्य सुधार हुने

 संवाददाता    २०८२, १६ बैशाख मंगलवार ०८:४२     80 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ – अहिले कोशी प्रदेशकाे एक–दुई ठाउँमा पानी परीरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली छ ।

ती क्षेत्रका थोरै ठाउँ तथा बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

मौसमविद् गोविन्द झाका अनुसार आज पनि काठमाण्डौ उपत्यकामा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ ।

अस्तिदेखि सक्रिय भएको प्रि–मनसुनी प्रणालीको प्रभाव रहेको छ । मौसममा आजदेखि सामान्य सुधार हुने अनुमान छ ।