कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु

 संवाददाता    २०८२, १४ बैशाख आईतवार २०:४३     96 जनाले पढ़िसके



Spread the love

कास्कीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

जिल्लाको अन्नपुर्ण गाउँपालिका ११ मा दिउँसो चट्याङले दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका २ का ४४ वर्षीय भरतकुमार राई र १८ वर्षीय महेश राई हुन् । पदमार्ग निर्माणको काम गरिरहेका उनीहरूलाई हिउँले समेत पुरेको कास्की प्रहरीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।

सोही ठाउँमा काम गरिरहेका अरु ७ जना भने सकुशल छन् । शव निकाल्न प्रहरी खटिएको उनले बताए । ‘ठाउँ विकट छ । प्रहरी भर्खर त्यसतर्फ गएको छ,’ शर्माले भने, ‘भोलिमात्र हाम्रो टोली पुग्छ ।’