प्रहरीसँगको झडपमा घाइते भए २६ शिक्षक

 संवाददाता    २०८२, १४ बैशाख आईतवार १६:२५     95 जनाले पढ़िसके



Spread the love

काठमाडौं । शिक्षक आन्दोलनमा २७ जना घाइते भएका छन् । नेपाल शिक्षक महासंघले उपलब्ध गराएको सूची अनुसार आन्दोलनमा विभिन्न जिल्लाका २६ जना शिक्षकहरु घाइते भएका हुन् ।

घाइतेहरुलाई सिभिल अस्पताल भर्ना गरिएको छ । आन्दोलनरत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग घम्साघम्सी भएको थियो । शिक्षकहरूले सडकपेटीको ढुंगा उप्काएर प्रहरीमाथि प्रहार गरेका थिए ।

सोही क्रममा प्रहरी भीड नियन्त्रणमा लिन पानीको फोहरा हानेको थियो । केही प्रहरी पनि घाइते भएका छन् ।