सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

 संवाददाता    २०८२, १४ बैशाख आईतवार १५:०३     127 जनाले पढ़िसके



Spread the love

सहकारी ठगीको आरोपमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

शनिबार बेलुका काठमाडाैँकाे कपनस्थित निवासबाटै पक्राउ परेकी राईलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।

काठमाडाैँ जिल्ला अदालतले पहिलोपटक तीन दिनको म्याद दिएको हो।

राई कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको पूर्व सहसचिव हुन्। उनी सहसचिव हुँदा सहकारीका बचतकर्ताको रकम अपचलन भएको आरोपमा पुरक जाहेरी परेपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भएको हो।

स्वर्णलक्ष्मी सहकारी ठगीमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। तर राईविरुद्ध भने पछि उजरी परेकाले अनुसन्धान गरेर पुरक अभियोजन गर्ने प्रहरीको तयारी छ।