शिक्षामन्त्रीमा रघुजी पन्त सिफारिश, ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

 संवाददाता    २०८२, १० बैशाख बुधबार २०:०८     140 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिश गर्नुभएको छ ।

सिफारिश पत्र राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले पन्तको नाम सिफारिश गरेको हो ।

यस्तै प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर (कान्छाराम) तामाङलाई बर्खास्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीविरुद्ध अभिव्यक्ति दिएका तामाङले माफी माग्न अस्वीकार गरेको भन्दै बर्खास्तीमा पर्नुभएकाे हाे ।