तीनकुने घटनामा थप एकजना पक्राउ

 संवाददाता    २०८२, ८ बैशाख सोमबार १६:०६     160 जनाले पढ़िसके



Spread the love

काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका ५ का ४८ वर्षीय ओमप्रकाश लुईटेल रहेका छन्।

लुईटेल तीनकुनेमा भएको तोडफोड तथा आगजनी लगायतका कार्यमा संलग्न रहेकोक प्रहरीको दाबी छ।

उनीमाथि अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद लिएको प्रहरीले जनाएको छ। यसअघि पक्राउ परेकालाई पनि थुनामा राख्न अदालतले दिएको म्याद त्यसैमितिमा सकिँदैछ।

त्यसपछि सबैलाई एकसाथ अदालतमा थप म्याद लिन उपस्थित गराउने प्रहरीको तयारी छ।