नौ महिनामा ६५ प्रतिशतले बढ्यो नेपालको निर्यात व्यापार

 संवाददाता    २०८२, ७ बैशाख आईतवार १२:१९     177 जनाले पढ़िसके



Spread the love

चालू आर्थिक वर्षको ९ महिनामा निर्यात ६५ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको साउनदेखि चैतसम्म १ खर्ब १३ अर्ब रुपैयाँ उठेकोमा १ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो।

९ महिनामा आयात पनि डेढ खर्बले बढेको छ। चैत मसान्तसम्म १३ खर्ब ९ अर्ब रुपैयाँको आयात भएको थियो। गत वर्ष ११ खर्ब ६७ अर्ब रुपैयाँको आयात भएको थियो।

भन्सार विभागको तथ्यांकअनुसार कुल वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेको छ। गत वर्ष १२ खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा अहिले १४ खर्ब ९७ अर्बको व्यापार भएको छ।

नेपालबाट मुख्य निर्यात हुनेमा सबैभन्दा बढी तेलजन्य पदार्थ छन्। गत वर्ष ७४ अर्ब २८ करोडको निर्यात भएको थियो।

१० अर्ब ७४ करोड रुपैयाँको चिया तथा कफीजन्य पदार्थ, ७ अर्ब १६ करोडको काठजन्य पदार्थ तथा १० अर्बको आइरन र स्टिल र ९ अर्ब ३० करोडको कार्पेट निर्यात भएको तथ्यांकले देखाएको छ।