सुनको मूल्यमा आज पनि उच्च वृद्धि

 संवाददाता    २०८२, ४ बैशाख बिहीबार ११:५३     166 जनाले पढ़िसके



Spread the love

बुधबार तोलाको २७ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३६ सय रुपैयाँ बढेको छ। दुई दिनमा नौ हजार रुपैयाँ बढेको सुन आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ।

सुनको मूल्य आज प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलाको एक लाख ८७ हजार रुपैयाँ थियो।

यसअघिका तीन दिनमा सुन तोलामा १० हजार ६ सय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ताेलामा पाँच रुपैयाँले बढेर एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदीकाे मूल्य एक हजार ९ सय ५५ रुपैयाँ थियाे।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ फेरि उच्च बनेकाे हाे।

अमेरिका र चीनबीच व्यापार द्वन्द्व चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएपछि नेपाली बजारमा पनि त्यसकाे प्रभाव परेकाे व्यवसायीले बताएका छन्।