सिन्धुपाल्चोकको हाप्राबस्तीमा आगलागी हुँदा ५ घर जलेर नष्ट

 संवाददाता    २०८२, ४ बैशाख बिहीबार १०:४९     109 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ हाप्राबस्तीमा आगलागी हुँदा ५ घर जलेर नष्ट भएको छ ।

आगलागी हुँदा करिब ५८ लाख रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

करेन्ट सर्ट भइ आगो लागेको आशंक गरिएको उक्त घटनामा परी कुमार श्रेष्ठको ढुङगा माटोको घर, सुन करिब डेढ तोला, लत्ता कपडा, भाडाकुडा, अन्नपात, नगद, फर्निचरको सामान गरी अन्दाजी दश लाख रुपैयाँ, मनकुमारी श्रेष्ठको ढुङगा माटोको घर, लत्ताकपडा, अन्नपात,भाडाकुडाँ, नगद, फर्निचरको सामान गरी अन्दाजी सात लाख चालिस हजार रुपैयाँ एवम् मिलन श्रेष्ठको ढुङगा माटोको घर, आधा तोला सुन,लत्ताकपडा, भाडाकुडाँ, अन्नपात नगद गरी अन्दाजी १५ लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

इलाका प्रहरी कार्यालय जलबिरेका अनुसार स्थानीय प्रेम श्रेष्ठको घरबाट आगलागी सुरु भएको आगलागीबाट मानवीय तथा पशुचौपायाको भने कुनै क्षति भएको छैन् ।