यू–१९ विश्वकप एसिया छनोटमा हङकङ ११५ रनमा अलआउट, नेपाललाई सामान्य लक्ष्य

 संवाददाता    २०८२, ३ बैशाख बुधबार १२:३१     181 जनाले पढ़िसके



Spread the love

यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले ११६ रनको समान्य लक्ष्य पाएको छ। घरेलु टोलीले तल्लो मुलपानी मैदानमा टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङलाई ११५ रनमा अलआउट गरेको हो।

हङकङले ४६.२ ओभरमा ११५ रन बनाउँदा अलआउट भएको हो। हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्। अर्या पञ्जावनीले १३ रन, ह्यारी थोमस होग्सनले १० रन बनाउँदा भीर माथुरले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए।