कोशीमा पहिलो लगानी सम्मेलनको तयारी- ५४ योजना मार्फत १ खर्ब ३९ अर्ब भित्र्याउने लक्ष्य

 संवाददाता    २०८२, ३ बैशाख बुधबार १२:१७     117 जनाले पढ़िसके



Spread the love

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते विराटनगरमा हुने लगानी सम्मेलनका लागि १ खर्व भन्दा बढीको लगानी भित्राउने लक्ष्य राखेको छ ।

पहिलो लगानी सम्मेलनमा १ खर्व ३९ अर्ब रुपैयाँको लगानी भित्राउन ५४ वटा योजना सोकेसिङमा राखिएको छ ।

लगानी प्राधिकरणका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा १५ वटा भौतिक पूर्वाधारमा १४ वटा योजना बनेका छन् । यस्तै लगानी सम्मेलनमा कृषिका ९ उद्योगमा ९ वटा परियोजना समावेश गरिएको छ

यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वट परियोजना सम्मेलनका लागि सोकेसिङ भएको छ । लगानी सम्मेलन मार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायत समेत योजना सोकेसिङ भएका छन् ।

यसै गरी सञ्चालनमा रहेका केहि होटललाई समेत सोकेसिङमा राखिएको छ । कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मत कुमार कार्कीका अनुसार सम्मेलनको मुख्य उद्देश्य कोशी प्रदेशमा लगानीका नयाँ सम्भावना पहिचान गरी उद्योगहरू स्थापनामार्फत पूँजी निर्माण, गरिबी निवारण र रोजगारी सिर्जना गर्नु रहेको बताए । आज भएको पत्रकार सम्मेलनमा उनले स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा अगाडि बढाइएको बताए ।

सम्मेलनमार्फत प्रदेशमा स्वदेशी, निजी एवम् प्रत्यक्ष वैदेशिक लगानी (एफ.डी.आई.) आकर्षित गर्नुका साथै नवीनतम प्रविधि तथा ज्ञान परिचालनका लागि आधार तयार हुने अपेक्षा गरिएको छ। प्रदेश सरकारले कानुनी, नीतिगत एवम् प्रक्रियागत सुधार गरी प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्ने जनाएको छ।