सुनको मूल्य हालसम्मकै उच्च

 संवाददाता    २०८२, ३ बैशाख बुधबार ११:४९     236 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सुनको मूल्य तोलाको १ लाख ८७ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

मङ्गलबार प्रतितोला १ लाख ८४ हजार तीन सयमा कारोबार भएको सुन आज तोलामा २ हजार ७ सय बढेर १ लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार ९ सय ५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ३ हजार २ सय ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भई रहेको छ ।